काठमाडौं । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले अध्यक्ष ओलीले राजीनामा गर्न दिएको निर्देशन नमान्ने चुनौति दिएका छन् । एमाले केन्द्रीय सचिवसमेत रहेका कार्कीले आफूलाई हटाउन निर्णय पार्टी सचिवालय बैठकले नै गर्नुपर्ने अडान राखेका हुन् ।
अध्यक्ष केपी शर्मा ओलीले कार्कीलाई हटाएर तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने प्रयास गरेका छन्। ओलीले आफूलाई हटाउने बुझेपछि गत शुक्रबार कार्कीले पनि भेटेका थिए ।
केही दिनअघि नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी नेकपाबीच भागबन्डा हुँदा कोसीको नेतृत्व एमालेले नै गर्ने सहमति भएको छ ।


