काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ बैंकिङ कसुर मुद्दामा फरार रहेको खुलेको छ । उनलाई प्रहरीले सोमबार सिंहदरबारभित्रैबाट पक्राउ गरेको हो । प्रधानमन्त्री शाहले आजै रसुवा बाढीले असर पारेका क्षेत्रका जनप्रतिनिधिसँग छलफल गरेका थिए । छलफल सकेर बाहिरिँदै गर्दा उनी पक्राउ परेका हुन् ।
नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका-३ घर भएका तामाङ काठमाडौं महानगरपालिका-१६, नयाँ बजारस्थित ओसिन ट्रान्सपोर्ट एन्ड एड्भेन्चर प्रालिका प्रोप्राइटर हुन् ।


