काठमाडौं । पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख अनिल थापाका अनुसार नारायणगढ–मुग्लिन सडकको नाम्सी खोलामा पहिरो खसेको छ।
पृथ्वी राजमार्गमा पनि कृष्णभिरसहित दुई स्थानमा पहिरो खसेको छ। पहिरो पन्छाएर यातायातका साधन सञ्चालनको प्रयास जारी रहेको प्रहरीले जनाएको छ।


