काठमाडौं । पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा प्रहरीको नियन्त्रणबाट छुटेका छन् । गएरातिदेखि प्रहरीको नियन्त्रणमा रहेका जबरा आइतबार दिउँसो टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयबाट रिहा भएका हुन् ।
यसअघि अपराध अनुसन्धान कार्यालयको टोलीले पूर्वप्रधानन्यायाधीश जबरालाई शनिबार अबेर राति महाराजगन्जस्थित निवासबाटै नियन्त्रणमा लिएको थियो।
यद्यपि अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको नभई भौतिक आक्रमण हुने सूचनापछि उनकै सुरक्षाका लागि जबरालाई प्रहरीकहाँ लगिएको दाबी गरेको थियो।



