काठमाडौं ।नेपाल क्रिकेट संघ (क्यान) को व्यवस्थापन तथा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को आयोजनामा नेपालमा आईसीसी एसिया कन्फ्रेन्स हुने भएको छ।
उक्त सम्मेलनमा एसियाका टेस्ट मान्यताप्राप्त राष्ट्रहरुका साथै एसोसिएट सदस्य राष्ट्रहरुका आधिकारिक प्रतिनिधिहरु र अन्तर्राष्ट्रिय समुदायका उच्चपदस्थ डेलिगेटहरुको सहभागिता रहने क्यानका सचिव पारस खड्काले जानकारी दिए ।
पारसले भनेका छन् ‘क्रिकेटको विकास, विस्तार, आपसी सहकार्य तथा खेलको दिगो प्रवद्र्धनका लागि अत्यन्त महत्वपूर्ण मानिएको यस सम्मेलनले नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेट जगतमा थप सुदृढ रुपमा स्थापित गराउनुका साथै देशको पर्यटन क्षेत्रको विकासमा समेत उल्लेख्य योगदान पुर्याउने क्यानले विश्वास लिएको छ ।
