काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भारी असिनासहित वर्षा भएको छ ।
भाइटीकाको दिन असिनासहित पानी परेपछि उपत्यकाको जनजीवन प्रभावित भएको छ ।
काठमाडौं उपत्यकासहित धादिङ, नुवाकोटका विभिन्न स्थानमा असिनासहित वर्षा भएको हो । अचानक परेको असिनापानीले उपत्यकाको जनजीवन सामान्य प्रभावित बनेको छ ।

