काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा ९३४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरबाट दुई हजार आठ सय ६२ पिसिआर तथा दुई हजार चार सय ८९ एन्टिजेन परीक्षणको क्रममा थप संक्रमित भेटिएका हुन् ।
पछिल्लो २४ घन्टामा एकजनाले ज्यान गुमाएका छन् । यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार नौ सय ७२ पुगेको छ । मन्त्रालयले आज चार सय ७० जना कोरोना संक्रमणमुक्त भएको जनाएको छ । हाल देशभर पाँच हजार ६ सय ८६ कोरोनाका सक्रिय संक्रमित छन् ।


