काठमाडौं । आज देशभर मौसम बदली हुने मौसम विभागले जानकारी दिएको छ । बिहानैदेखि गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र प्रदेश १, बागमती प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो देशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।


