काठमाडौं । एड्भोयले (भोलि) असोज ४ गते अब्रोड स्टडी एक्स्पो सञ्चालन गर्ने भ भएको छ । आज पत्रकार सम्मेलन गर्दै एड्भोयका नेपाल निर्देशक फिलिप डिसिले यसबारेमा जानकारी दिएका हुन् ।
एक्स्पो हात्तिसारस्थित अरन्या बुटिक होटलमा आयोजना हुनेछ । पछिल्लो समय युके र क्यानडामा विदेश अध्ययन गर्न जाने अत्यधिक नेपाली विद्यार्थीहरूको रोजाइको गन्तव्य भएकाले यस एक्स्पोमा मुख्यगरी युके र क्यानडामा केन्द्रित हुनेछ हुने उसले बताएको छ । एक्स्पोमा युके र क्यानडाका प्रतिष्ठित विश्वविद्यालयका प्रतिनिधिहरूले नेपाली विद्यार्थीहरूलाई सम्पूर्ण जानकारी दिनुका साथै उनीहरुको जिज्ञासा समाधान गर्ने एड्भोयले जानकारी दिएको छ ।
एड्भोयका नेपाल निर्देशक फिलिप डिसिले विद्यार्थीको माग अनुसार नै एक्स्पो राखिएको बताए । विद्यार्थीमा रहेका भिसा सम्बन्धी, छात्रवृत्ति सम्बन्धी र अन्य जिज्ञासाहरू सम्बन्धित शैक्षिक संस्थाकै प्रतिनिधि बाट समाधान गराई दुई दिनभित्र अफर लेटर प्रदान गर्ने उद्देश्यले एक्स्पो आयोजना गरिएको उनको भनाइ थियो । उनले मात्र एजुकेसन मार्फत एक्स्पोको भरपुर फाइदा उठाउन पनि विद्यार्थीहरूलाई अपिल गरेका छन् ।
एक्स्पोमा युके र क्यानडा बाट १५ भन्दा बढी विश्वविद्यालयहरूको सहभागिता रहनेछ भने विद्यार्थीहरूले स्पट एसेस्मेन्ट, थप छात्रवृत्तिको सुविधा, विश्वविद्यालयका प्रतिनिधिहरू बाट परामर्श सहित शीघ्र अफर लेटरको सुविधा पाउनेछन् । त्यस्तै एड्भोयको बृहत् कोर्सहरूको सूचिबाट आफूलाई उपयुक्त हुने कोर्स छनोट गर्ने अवसर पनि विद्यार्थीले पाउनेछन् ।



