काठमाडौं । बारा क्षेत्र नम्बर ३ मा नेकपा (एमाले) की ज्वालाकुमार साह निर्वाचित भएकी छन् । उनी २० हजार २५१ ल्याएर विजयी भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी रामबाबुकुमार यादवले १७ हजार २६९ मत प्राप्त गरे । साहले आफ्ना प्रतिस्पर्धीलाई २ हजार ९८२ मतले पछाडि पारेकी हुन्।
जनता समाजवादी पार्टी नेपालका मधेस प्रदेश अध्यक्ष समेत रहेका यादव ०७४ को निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित सांसद हुन् । यादवलाई पराजित गरेकी साह भने ०७४ को निर्वाचनमा ३९१० बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।
यस क्षेत्रमा गठबन्धनबाट लोकतान्त्रिक समाजवादीका लालबाबु सिंहले ११ हजार नौ सय ६४ मत प्राप्त गरेका छन् । त्रिपक्षीय भिडन्तमा साहले जित हासिल गरेकी हुन् ।


