काठमाडौं । विश्वकप फुटबल अन्तरगत समूह डी को अन्तिम खेलमा फ्रान्स ट्युनिसियासँग पराजित भएको छ । बुधबार राति एजुकेशन सिटी स्टेडियममा भएको खेलमा ट्युनिसियाले फ्रान्सलाई १–० गोल अन्तरले हराउन सफल भएको हो ।
दोस्रो हाफमा ट्युनिसियाले अग्रता लियो । दोस्रो हाफको ५८ औं मिनेटमा ट्युनिसियाले फ्रान्सको कमजोर डिफेन्सको फाइदा उठाउँदै अग्रता लियो ।
दोस्रो हाफमा गोल खाएपछि फ्रान्सले पहिलो रोजाइका खेलाडीलाई मैदान पठाएको थियो । किलीयन एमबाप्पे, एन्टोइन ग्रिजमन र ओस्मान डेम्बेले मैदान छिरे पनि फ्रान्सले गोल गर्न सकेन ।


