काठमाडौं । संकटा फुटबल क्लब २२ औं आहा रारा पोखरा गोल्डकप फुटबलको फाइनल प्रवेश गरेको छ । पोखरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा साविक विजेता एपीएफ क्लबलाई ४–१ गोल अन्तरले हराउँदै संकटा उपाधिनजिक पुगेको हो ।
संकटालाई जित दिलाउन स्टेफन बिनोङ र मेसुके ओलोमोउले दुई दुई गोल गरे । एपीएफका हरि कार्कीले एक गोल फर्काए । स्टेफनले खेलको पाँचौं र ६१ औं मिनेटमा स्टेफनले गोल गरे ।
यस्तै मेसुकेले ४३ औं र ८६ औं मिनेटमा गोल गर्दै संकटाको जित सुनिश्चित गरे । एपिएफका हरी कार्कीले ७४ औं मिनेटमा सान्वना गोल फर्काए । खेलमा संकटाका स्टेफेन म्यान अफ दी म्याच चुनिए ।


