काठमाडौं। परराष्ट्रमन्त्री डा.विमला राई पौड्यालले नेपाली दूतावासका राजदूत र कूटनीतिक नियोग प्रमुखलाई थप प्रभावकारीका साथ काम गर्न निर्देशन दिएकी छन् ।
उनले शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजना गरिएको भर्चुअल बैठकलाई सम्बोधन गर्दै यस्तो निर्देशन दिएकी हुन् ।
उनले दूतावासहरुलाई मित्र राष्ट्रहरुसँग सम्बन्ध विस्तार गर्न, विकास सहयोग अभिवृद्धि गर्न, नेपाली उत्पादनलाई विश्व बजारमा चिनाउन र अन्तराष्ट्रिय तथा क्षेत्रीय मञ्चहरुमा उपस्थित भइ नेपालको छविलाई उकास्न निर्देशन दिइन्।


