काठमाडौं। भारतमा उपचार गराइरहेका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार आएसँगै आज डिस्चार्ज हुनसक्ने सम्भावना रहेको छ ।
उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै दूतावासले उनको स्वास्थ्य परीक्षणको रिपोर्ट सबै राम्रो आएको समेत बताएको छ । दूतावासले राष्ट्रपति पौडेल आइतबार डिस्चार्ज हुनसक्ने सम्भावना रहेको समेत बताएको छ । राष्ट्रपति पौडेलको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान ९एम्स०मा उपचार भइरहेको छ ।


