काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले लचिलो मौद्रिक नीति ल्याएर अर्थतन्त्र चलायमान बनाउनुपर्ने बताएका छन् । मन्त्री महतले आइतबार बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले आयोजना गरेको नेपाल व्यवसाय शिखर सम्मेलन २०८० लाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले अर्थतन्त्रको समस्या समाधान वित्त नीति भन्दा पनि मौद्रिक नीतिले गर्न सक्ने बताए । उनले कोभिड(१९ मा वित्त नीतिबाट पूँजी परिचालन गर्न नसक्दा र मौद्रिक उपकरणमार्फत अत्यधिक कर्जा प्रवाह हुँदा समस्या भएको बताए । अहिले अर्थतन्त्रमा शिथिलता आउनुको धेरै कारण रहेको भन्दै त्यसको समाधान लचिलो मौद्रिक नीतिमार्फत गर्नुपर्ने उनले बताए ।
‘


