काठमाडौं । पछिल्लो समय नेकपा माओवादी केन्द्रलाई ब्याक टु ब्याक धक्का लाग्न थालेको छ । जिल्लाको अधिकांश पालिकामा ९ गते नै अधिवेशन गराएको नेकपा (एमाले) ले माओवादीको प्रभाव क्षेत्र मानिने थवाङ गाउँपालिकामा भने थाती राखेको थियो ।
अन्तका सबै पालिका अधिवेशन सकाएर नेताहरू थवाङमा जम्मा भएका छन् ।थवाङमा र्याली निकालेर एमाले पालिका अधिवेशन शुरु भएको छ । एमालेले थवाङमा अधिवेशन गराउन जिल्लाभरकै शक्ति केन्द्रित गरेको छ ।
एमाले जिल्ला नेता ईश्वरी जिएमका अनुसार केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज नवीन रोका, चार प्रदेश सदस्यलगायत थवाङमा पुगेको बताउनुभयो । त्यस्तै एमाले जिल्ला कमिटीमा रहेका अरु धेरै नेताहरू पनि थवाङ पुग्नुभएको छ।
अहिले बन्द सत्र जारी छ। आजै नेतृत्व चयन गरिने बताइएको छ। थवाङलाई तत्कालीन नेकपा माओवादीको सबैभन्दा धेरै प्रभाव रहेको क्षेत्रका रूपमा लिइन्थ्यो । माओवादीहरू त्यसलाई आफ्नो आधार इलाका भन्थे ।
माओवादी शान्ति प्रक्रियामा आएपछि पनि धेरै समयसम्म त्यहाँ माओवादीबाहेकका पार्टीले आफ्नो संगठन निर्माण गर्न सकेका थिएनन् । माओवादीका आधार क्षेत्र नै एमालेको किल्ल बन्न थालेपछि खुमलटारको ढुकढुकी बढेको बताइन्छ । प्रतिनिधिसभाको २०७४ सालको चुनावमा साविकको थवाङमा शून्य मतदान भएको थियो ।
