काठमाडौं । भन्सार विभागको महानिर्देशकमा सहसचिव शोभाकान्त पौडेलको सरुवा भएको छ । यस अघिका महानिर्देशक चक्र बूढालाई पर्यटन मन्त्रालय पठाएरपछि त्यहाँ पद खाली थियो ।
गत ११ जेठमा पौडेल खानेपानी मन्त्रालयबाट अर्थमा आएका थिए । यद्यपि भन्सार विभागका महानिर्देशकका लागि भुपाल बराल, सेवन्तक पोखरेलको नाम चर्चामा भए पनि यी सबैलाई पछि पार्दै पौडेल बाजी मार्न सफल भएका हुन् ।
पौडेलले यस अघि आन्तरिक राजस्व विभागको महानिर्देशकका जिम्मेवारी सम्हालिसकेका छन् । जर्नादन शर्माले पौडेललाई २०७८ भदौमा आन्तरिक राजस्व विभागको महानिर्देशक बनाएर पठाएका थिए। उनैले पौडेललाई सरुवा गरेर दीर्घराज मैनालीलाई प्रमुख बनाएका थिए। पौडेलले अर्थ मन्त्रालयअन्तर्गत रहेको राजस्व व्यवस्थापन महाशाखाको जिम्मेवारसमेत सम्हालिसकेका छन्।
