काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकाललाई नियुक्त गरेका छन् ।
विभागका महानिर्देशक भरत भट्टराईलाई हटाएर ढकाललाई जिम्मेवारी दिइएको हो ।
ढकाल लामो समयदेखि भूमिकाविहीन नै थिए । उनलाई कुनै पनि जिम्मेवारी मन्त्रालयमा हाजिर गर्दै घर फर्किरहेका थिए ।
ढकाल करिब साढे दुई बर्षपछि पुन: विभागमा फर्किएका हुन् । केही वर्षदेखि ढकाल र भट्टराईबीच निरन्तर चल्दै आएको पदको हानाथापले विभागले राम्रो काम गर्न सकेको छैन । विभागमा सरकार परिवर्तन भएपिच्छे महानिर्देशक परिवर्तन भइरहेको हुन्छ । जसको कारण नीतिगत र प्रशासनिक कामले लय लिन सकेको छैन ।


