काठमाडौं । कैलालीका प्रमुख जिल्ला अधिकारी (सिडिओ युवराज कट्टेल सवार चढेको से १ झ २६० नम्बरको गाडी दुर्घटनामा परेको छ । उनी सवार गाडी आइतबार बिहान बर्दियाको बबइमा दुर्घटनामा परेको हो ।
उनी अन्तर जिल्ला बैठकमा सहभागी हुन नेपालगन्जतर्फ जाँदै गर्दा दुर्घटनामा परेका हुन् । दुर्घटनामा आफू सवार गाडीको अगाडिको भागमा क्षति भए पनि आफू सकुशल रहेको प्रजिअ कट्टेलले जानकारी दिए । प्रजिअ कट्टेल सवार सरकारी गाडी मिनी ट्रकमा ठोक्किएको हो ।


