काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनका दलहरूको बैठक आह्वान गरेका छन्। सोमबार दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक बस्न लागेको सचिवालयले जानकारी दिएको छ।
बैठकमा कोशी प्रदेश सरकार गठनका विषयमा पनि केन्द्रमा नेताहरूबीच छलफल हुने बताइएको छ। नेकपा एमाले नेतृत्वको कोशी सरकार ढलेसँगै त्यहाँ नेतृत्व लिन दलहरूबीच हानथाप चलिरहेको छ।
त्यस्तै, प्रधानमन्त्री प्रचण्डले जनमत पार्टीलाई सरकारमा ल्याउने विषयमा भएको छलफलबारे पनि आजको बैठकमा ब्रिफिङ गर्ने बताइएको छ।
बैठकमा डा. सिके राउतको पार्टीलाई सरकारमा सहभागी गराउनेबारे पनि छलफल हुने बुझिएको छ ।


