काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजीनामा दिएसँग मंगलबार सेयरबजारमा झिनो अंकले गिरावट आएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज र १ अर्ब ३८ बराबरको कारोबार भएको छ ।
यसअनुसार २६२ कम्पनीको ३९ लाख कित्ता सेयकरोडमा कारोबार भएको हो। आज दिनभरिमा २८ हजार ६८४ पटक खरिदबिक्री भएको नेप्सेले जनाएको छ।
योसँगै ८८ कम्पनीको सेयर बढे पनि ११८ वटाको घटेको र १० वटाको उही मूल्यमा कारोबार भएको छ।


