काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब आउने चुनाव आफ्नो पार्टीले एक्लै लड्ने बताएका छन् ।
महामन्त्री थापाले शनिबार कांग्रेस क्षेत्रीय समितिले रुपन्देहीको भैरहवामा गरेको अन्तरक्रियामा आगामी २०८४ सालको निर्वाचनमा १६५ वटै निर्वाचन क्षेत्रमा एक्लै लड्ने गरी अगाडि बढ्नुपर्ने बताए ।
‘अहिले नेपाली कांग्रेसलाई जराबाटै मजबुत बनाउनुपर्छ र २०८४ सालमा जतिवटा मोर्चा बने पनि कांग्रेस एक्लै चुनाव लड्नुपर्छ,’ थापाले भने, ‘८ लाख पार्टी सदस्य भएको र ३ सय स्थानीय सरकारको नेतृत्व गरिरहेको ठूलो पार्टी अर्को चुनावमा अन्य पार्टीलाई मत हाल्न नपरोस् भन्ने गरी अघि बढ्नुपर्छ ।’


