काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको आधिकारिकता आफूलाई दिने कुरामा पूर्ण विश्वस्त रहेको बताएका छन् ।्
१३३औँ बीपी जयन्तीको अवसरमा भक्तपुरमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै देउवाले कांग्रेसको नाम, रुख चिह्न र चार तारे झन्डा आफ्नो समूहले नै पाउने दाबी गरे । सभापति देउवाले पार्टीभित्र विशेष महाधिवेशनको माग र त्यसको प्रक्रियाबारे आपत्ति जनाए ।
पार्टी विधानमा विशेष अधिवेशनको व्यवस्था भए पनि त्यसका लागि आवश्यक पर्ने प्रतिनिधिहरूको सनाखत र प्रक्रिया पूरा नभएको उनको आरोप छ। ‘सुवर्ण शमशेर सभापति हुँदा बीपी कोइरालाकै सहमतिमा प्रतिनिधिहरूको सनाखत गराएर मात्र अधिवेशन बोलाइएको थियो। तर, अहिले खल्तीबाट नाम राखेर धमाधम अधिवेशन बोलाइयो’ उनले भने ।


