काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले जेन्जी आन्दोलनको मर्मलाई आफ्नो पार्टीले नभुल्ने प्रण गरेका छन् । उनले आन्दोलनको १ वर्ष पूरा भएको अवसरमा विज्ञप्ति जारी गर्दै यस्तो प्रण गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिमा खासै चासो राख्दैन भनिएको युवा पुस्ता, जब शान्तिपूर्ण रूपमा सडकमा उत्रियो त्यो परम्परागत राजनीतिक शैलीप्रतिको प्रस्ट ’अस्वीकृति पत्र’ थियो। त्यो आन्दोलनले एउटा जबरजस्त सन्देश दियोस् यो पुस्ता डिजिटल युगमा हुर्किएको, विश्वव्यापी चेतना बोकेको, स्वाभिमानी र आफ्नै देशभित्र भविष्य खोज्ने पुस्ता हो र यसलाई अब कुशासन मञ्जुर छैन।’
जेन्जी आन्दोलन पूर्णतः स्वस्फूर्त जागरण भएको जिकिर गर्दै कुनै पनि राजनीतिक दल वा नेताले यसलाई आफ्नो सङ्कुचित राजनीतिक लाभको औजार बनाउने दुस्साहस गर्न नहुने उल्लेख गरेका छन्।


