काठमाडौं । राहत र उद्धारमा आवश्यक साना लोडरहरुसहित अमेरिकी सेनाको दुईवटा विमान नेपाल आइपुगेका छन्।
नेपालको नेतृत्वमा भइरहेको उद्धार र राहतमा सहयोग पुग्ने गरी आवश्यक उपकरणसहितको सामग्री लिएर अमेरिकी सेनाको जहाज आइपुगेको हो।
अमेरिकी राजदूतावासका अनुसार रसुवामा आएको भदौ १० को बाढीपछि उद्धार र राहतमा सघाउन ५ हजार विशिष्टीकृत सामग्री ल्याइएको हो। यसबाहेक ५०० प्राथमिक उपचार किटहरु, स्ट्रेचरहरु पनि रहेको दूतावासले जनाएको छ।
पर्याप्त प्रविधि र उपकरणको अभावपछि ८ दिन बित्दा पनि जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरुको उद्धार हुनसकेको छैन।


