काठमाडौं । आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठकमा रसुवामा गएको विनाशकारी बाढीले पुर्याएको धनजनको क्षति र सरकारले गरिरहेको खोजी, उद्धार, राहत र पुर्नस्थपनाको तयारीबारे सरकारले संसद्लाई जानकारी गराउने कार्यसूची रहेको छ । प्रतिनिधिसभाको बैठकमा आज सभामुखले विशेष प्रस्ताव नै प्रस्तुत गर्ने कार्यक्रम छ ।
भदौ १० गते बुधबार भोटेकोशी त्रिशूली नदीमा निावशकारी बाढी आएको थियो । उक्त बाढीले रसुवाको टिमुरे, स्याफ्रुवेशी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत धादिङ, चितवन र गोरखा जिल्लाका त्रिशूली नदी तटीय क्षेत्र प्रभावित छ ।


