काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ ।
कांग्रेस संसदीय दलका अनुसार बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने छ ।
बैठकमा वर्तमान राजनीतिक अवस्था, संसद्मा पार्टीको भूमिका र जनसरोकारका समसामयिक विषयहरूमा गहन छलफल हुनेछ। मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र आगामी संसदीय रणनीति तय गर्न यो बैठक बोलाइएको हो।
साथै, प्राकृतिक विपद्का घटनाहरू र जनताका तत्कालीन समस्याका विषयमा समेत बैठकमा समीक्षा हुने जनाइएको छ।


