काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विपद्को समयमा कसैले पनि राजनीति गर्न नहुने धारणा ब्यक्त गरेका छन् । उनले आइतबार काठमाडौँमा भएको अन्तरक्रियामा बोल्दै भोटेकोशी बाढीबाट भएको जनधनको क्षति अकल्पनीय भएको बताए ।
‘शोक र पीडामा कसैले पनि राजनीति गर्नुहुँदैन, सबैले उदारतापूर्वक सहयोगका हात अघि बढाउनुपर्छ’ उनले भने । यस्तो अवस्थामा नागरिकको उद्धार, राहत र पुनर्स्थापना सरकारको पहिलो प्राथमिकता हुने भन्दै तीनवटै सरकार, सङ्घसंस्था र परोपकारी व्यक्तिहरू मिलेर समाधान गर्नुपर्ने ओलीको भनाइ छ । तर यस्तो बेलामा पनि सरकारले राज्यको सामर्थ्य कब्जा गरेर बसेको ओलीको भनाइ छ ।
‘सरकारले राज्यको सामर्थ्य कब्जा गर्यो । अगम्य, अप्राप्य र अदृश्यजस्तो भयो’, ओलीले भने, ‘प्रदेश र स्थानीय सरकारसँग मिलेर काम गर्नुपर्दथ्यो ।’


