काठमाडौँ । भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली जलविद्युत् ३ ए मा फसेका कामदारको उद्धारका लागि आज बिहान पनि ब्लास्टिङ गरिएको छ ।
भोटेकोशी बाढीले थुनिएको सुरुङको मुख खोल्ने कार्यका लागि ब्लास्टिङ भएको हो । तर सुरुङको भाग पूरै पानीले भरिएकाले भित्र पस्न असम्भव भएको सांसद श्रीराम न्यौपानेले जनाएका छन् ।
उनले भनेका छन्, ‘राति करिब ३ बजे ब्लास्ट त गरियो तर भित्र पस्ने आशा असम्भव भयो।’
उनले सुरुङको मुख खोल्ने कार्य भने जारी रहेको जानकारी दिएका छन् ।


