काठमाडौं । भोटेकोसी बाढीबाट पीडितको उद्धार र राहतका लागि भारतले पाँचौँ खेप सहयोग पठाएको छ। भारतीय विदेश मन्त्री डा. एस. जयशंकरका अनुसार भारतबाट सहयोगका लागि पाँचौँ पटक विमान नेपालका लागि प्रस्थान गरेको हो।
नेपाल पठाइएको यस पाँचौँ विमानमा ११ सदस्यीय विशेष उद्धार टोली समावेश छन् ।
विमानमा ५.५ टन अत्यावश्यक औषधिसहित रहेको उनले जनाएका छन् ।


