काठमाडौं । सरकारले भोटेकोसी बाढीपछि बेपत्ताको खोजी तथा उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीका लागि सुविधासहितको प्याकेज घोषणा गरेको छ ।
आजको मन्त्रिपरिषद् बैठकले खोज र उद्धारमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने निर्णय गरेको हो।
साथै घाइते भएमा निस्शुल्क औपधि उपचार, मृत्यु भएमा निजको परिवारलाई १० लाख राहत उपलब्ध गराउने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।


