काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचन सुरक्षाको लागि नेपाल प्रहरीले एक लाख १५ हजार म्यादी प्रहरीको भर्ना खुलाएको छ ।
म्यादी प्रहरीका लागि भदौ ३० गतेदेखि आवेदन दिन सकिने प्रहरीले प्रकाशन गरेको सूचनामा उल्लेख छ ।
म्यादी प्रहरीका लागि काठमाडौं, भक्तपुर र ललितपुर प्रहरी परिसरसँगै देशभरका जिल्ला प्रहरी कार्यालयबाट आवेदन दिन सकिनेछ । १८ वर्ष पूरा भएर ५४ वर्ष ननाघेका साधारण नेखपढ गर्न जानेका नेपाली नागरिकले म्यादी प्रहरीका लागि आवेदन दिन पाउनेछन् । उनीहरुले ४० दिन काम गर्नुपर्नेछ ।


