काठमाडौं । आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा ६ महानगर र ११ उपमहानगरपालिकाका उम्मेदवारबारे आज नेकपा ( एमाले) ले छलफल गर्ने भएको छ । एमाले उपमहासचिव विष्णु रिमालका अनुसार यही विषयमा छलफल गर्न एमालेको सचिवालय बैठक बस्न लागेको हो । ।
रिमालले आजको बैठकमा मुख्यगरी स्थानीय तह निर्वाचनका उम्मेदवार र प्रतिस्पर्धी दलविरुद्ध कस्तो रणनीति बनाउने भन्नेमा केन्द्रित हुने बताए ।
सत्तागठबन्धनले महानगर र उपमहानगरको भागबण्डा मिलाएको भोलिपल्ट प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक बस्न लागेको छ ।
एमालेले पार्टी स्थापना दिवसको अवसर पारेर भोलि वैशाख ९ गते एकैपटक केन्द्रबाट र स्थानीय पालिकाहरुबाट प्रतिबद्धतापत्र सार्वजनिक गर्दैछ ।