काठमाडौं । गृह मन्त्रालयको बढुवा सिफारिस समितिले गरेको बढुवा सिफारिसमा कुनै त्रृटि नभएको भन्दै लोकसेवा आयोगले तीन जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई एआईजीमा बढुवा गर्ने काम कानुनसम्मत नै रहेको बताएको छ
लोक सेवा आयोगले वरिष्ठताका आधारमा बढुवा सिफारिस नभएको भन्दै आयोगमा परेको उजुरी खारेज गर्दै डीआईजीहरु बसन्त पन्त, रवीन्द्र धानुक र धिरजप्रताप सिंहको बढुवा सिफारिस सदर गरेको हो ।
आयोगबाट सिफारिस सदर भएसँगै सरकारलाई बढुवाको बाटो खुलेको छ । कार्यक्षमताको आधारमा बढुवा सिफारिस नभएको भन्दै डीआईजी ईश्वरबाबु कार्कीलगायतले लोकसेवा आयोगमा उजुरी दिएका थिए ।