काठमाडौं । एनएमबि बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (KIOCH) लाई सामाजिक उत्तरदायित्व अन्तर्गत
रु.२५ लाख सहयोग गरेको छ ।
एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र ( KIOCH) का अध्यक्ष डा. भगवान कोईरालाबीच सहमति आदान प्रदान भएको हो । । यस सहकार्यले बैंक र अस्पतालको बाल स्वास्थ्य सेवा सुधार्ने संयुक्त प्रयासलाई सशक्त बनाउने बैंकले विश्वास लिएको छ।
एनएमबि बैंकले समाजमा दिगो सकारात्मक परिवर्तनको पहल गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत
विभिन्न कार्यहरु आयोजना गर्दै आईरहेको छ ।