काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
आज (शुक्रबार ) महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।
फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन्, ‘कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन । अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भयो । निर्धारित सबै कार्यक्रम स्थगित गरियो ।
महासचिव पोखरेलले कोरोना पुष्टि भएपछि निर्धारित सबै कार्यक्रम स्थगित गरेको पनि बताएका छन् ।