काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत नेपालले मलेसियालाई पराजित गरेको छ । । २३६ रनको लक्ष्यसहित ब्याटिङमा उत्रिएको नेपाल ६ विकेटले विजयी भएको हो।
नेपालका लागि कुशल मल्लले विष्फोटक पारी खेले। उनले जम्मा ४० बलमा ७० रन बनाए।
यसैगरी, भीम सार्कीले ९८ बलमा ७१ रन बनाउँदै नेपालको जितका लागि महत्त्वपूर्ण योगदान गरे। दीपेन्द्र सिंह ऐरीले तीन तीन बलमा ५ रन बनाए। ओपनर कुशलले भुर्तेलले ३१ बलमा ३८ रन बनाएर बाहिरिए भने आसिफ शेख जम्मा एक रन बनाएर आउट भए।
मलेसियाका लागि मुहम्मद वाफिक, रिजवान हैदर, विजय युन्नी र विरनदीप सिंहले एक(एक विकेट लिए। त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २३५ रन बनाएको थियो।
मलेसियाका लागि सबैभन्दा धेरै अहमद फेजले ९५ बलमा ७६ रन बनाए। फेज सन्दीप लामिछानेको बलमा आसिफ शेखबाट स्टम्पिङ भए।


