काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले ओमानविरुद्ध रनको खाता नखोल्दै दुबै ओपनिङ ब्याट्सम्यान गुमाएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले चौथो ओभरभित्रै दुई विकेट गुमाएको हो । चौथो ओभरको चौथो बलमा कलिमुल्लाहले आशिफ शेखलाई बोल्ड गरे ।
त्यसअघि ओमानका बिलाल खानले कुशल भुर्तेललाई आउट गरेका थिए ।
नेपाल ५० औँ एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दैछ । प्रतियोगिताअन्तर्गत दुबै टोलीले लगातार दोस्रो जितको खोजिमा रहेका छन् ।


