काठमाडौं ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले तीन तहको निर्वाचन एकैसाथ गर्न प्रस्ताव गरेका छन् । नेता महरले सबै राजनीतिक दलको सहमतिमा संघ, प्रदेश र स्थानीय तहको निर्वाचन वैशाख अन्तिम साता एकैसाथ सम्पन्न गर्नु सबै किसिमले उपयुक्त हुने बताएका हुन् ।
नेता महरले भने ‘आवधिक निर्वाचन विना लोकतान्त्रिक पद्धति संस्थागत हुन सक्दैन । संविधान र कानुनको मर्म अनुसार सबै तहका निर्वाचन सम्पन्न गर्नु लोकतन्त्रमा विश्वास राख्ने सबै राजनीतिक दलहरुका लागि नैतिक र बाध्यकारी ब्यवस्था हो भन्ने कुरा सर्वविदित नै छ, तसर्थ सवै राजनीतिक दलको सहमतिमा संघ , प्रदेश र स्थानीय (तीनै तहको) निर्वाचन वैशाखको अन्तिम साता एक साथ सम्पन्न गर्ने निर्णय देशका लागि हितकर हुन्छ।’
साथै महरले तीन तहको चुनाव एकसाथ गर्न सके जनताको प्रतिनिधित्व गर्ने संसदलाई असंवैधानिक र अलोकतान्न्त्रिक तरिकाले बाम्बार विघटन गर्ने तथा संसद अवरुद्ध गरेर संसदीय व्यवस्थालाई बदनाम गर्ने नेकपा एमाले नामक पार्टीलाई जनताले दण्ड दिने अवसर पनि यही निर्वाचन हुनसक्ने नेता महरले दाबी गरे ।