काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाण्डौंमा बृहत् जनप्रदर्शन गर्दैछ। राप्रपाले केही समयअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको ४० बुँदे माग पूरा गर्न दबाब सिर्जना गर्ने उद्देश्यले जनप्रदर्शन गर्न लागेको हो।
आजको जनप्रदर्शनमा काठमाण्डौँका दर्जनौँ स्थानबाट जुलुस निस्कने राप्रपाले जनाएको छ। त्यसैगरी ललितपूर, भक्तपुर र आसपासका जिल्लाबाट ऱ्याली सहितको सहभागीता रहने राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।
भृकुटीमण्डपमा भेला हुने सभालाई अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।


