काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानमा हवाई भाडा घटाएको छ ।
असार २० गते बुधबारदेखि लागू हुने गरी आन्तरिक उडानमा न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ७५० रुपैयाँसम्म हवाई भाडा घटेको छ ।
प्राधिकरणका अनुसार नेपालको अहिलेको लामो रुट (१००.९ मिनेट विराटनगर–नेपालगञ्जका लागि प्रतिटिकट ७५० रुपैयाँ इन्धनको मूल्य कम भएको छ ।
काठमाडौँबाट लामो रुट ९८९।०९ मिनेट० धनगढीका लागि ६१५ रुपैयाँ भाडा कम भएको छ ।
प्राधिकरणको नयाँ सूची अनुसार काठमाडौँबाट माउन्टेन फ्लाइट ४८५, भद्रपुर ४२०, विराटनगर ३३५, जनकपुर १८०, भरतपुर १५०, पोखरा २२५, भैरहवा २८५, नेपालगञ्ज ४५५, तुम्लिङटार २६०९ र सिमराका लागि १२५ रुपैयाँ भाडा कम भएको छ । नेपाल आयल निगमले सोमबार हवाई इन्धनको मूल्यमा प्रतिलिटर १४ रुपैयाँ कटौती गरेको थियो ।


