काठमाडौं। गहुँ र तोरीका लागि चीनबाट १५ सय टन मल आयात भएको छ। कृषि सामाग्री कम्पनीले हिउँदे बालीको लागि ल्याउने भनिएको १० हजार टन युरिया मल मध्ये १५ सय टन आएको हो ।
दसैं सकिएलगतै चिनियाँ मल आउने थालेको कम्पनीका सुचना अधिकारी राजेन्द्र कार्कीले बताए। चीनबाट आएको मल काठमाडौं, त्रिशुली र धुलिखेल लगायतका जिल्लामा वितरण भइसकेको छ। बाँकी साढे ८ हजार टन मल परीक्षणका लागि नाकामा रोकिएको छ।