काठमाडौं । चुनावी तालमेलबारे निर्णय गर्न सत्ता गठबन्धनको बैठक बिहान ११ बजे बस्दैछ ।
हिजो (सोमबार) पनि यही विषयमा निर्णय गर्न दिनभर बैठक बसेपनि कुनै सहमति हुन नसकेपछि आज पुनः बैठक बस्न लागेको हो । महानगरपालिका, उपमहानगरपालिका र स्थानीय तहमा तालमेलको निर्णय गर्न सत्ता गठबन्धनका शीर्ष नेताबीच लगभग सहमति भइसकेको सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी गराएका थिए ।
बैठकमा वैशाख ३० गतेको स्थानीय तहको चुनावका लागि महानगर, उपमहानगर र नगरपालिकामा हुने तालमेलको मोडालिटी बने पनि त्यसलाई अन्तिम रुप दिन बाँकी रहेको सञ्चारमन्त्री कार्कीले बताए ।