काठमाडौं । नेपाली सेनाको अगुवाइमा सञ्चालित ‘सफा हिमाल अभियान २०२२’ सम्पन्न भएको छ ।
विश्वको सर्वोच्च शिखर सगरमाथासहित ल्होत्से, कञ्चनजंघा र मनास्लु हिमालको सफाइ गर्ने उद्देश्यसाथ अभियान सञ्चालन गरिएको थियो । गएको चैत २२ देखि यही जेठ २२ गतेसम्म सञ्चालित अभियानबाट सेनाले ३३ हजार ८७७ किलो फोहोर संकलन गरेको जनाइएको
त्यसमध्ये कुहिने सात हजार २२७ किलो फोहोर स्थानीय गाउँपालिका तथा नकुहिने फोहोर २६ हजार ६५० किलो रिसाइकल एजेन्सीलाई प्रदान गरिएको थियो ।
उक्त अभियानका क्रममा कञ्चनजंघा आधार शिविरमा पहिचान नखुलेका दुई मानव अस्थिपञ्जर समेत फेलापरेको थियो ।
समापन कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले सबैको साथ, सहयोग र सामूहिक भावनाका कारण अभियान सफलतापूर्वक सम्पन्न भएको बताए ।