काठमाडौं । अगिल्लो साता लगातार उच्च अंकले बढेको शेयर बजार परिसूचक ( नेप्से) आज साताको पहिलो कारोबार दिन २१ अंकले घटेको छ ।
आइतबार २१।०५ अंकले घटेको सेयर बजार २०८८।०७ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन ३०९ कम्पनीको १ करोड ८५ लाख ८९ हजार ३७९ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ११ करोड १७ लाख ३३ हजार ८२९ रुपैयाँको कारोबार भएको छ ।
यस दिन ७९ वटा कम्पनीको सेयर मूल्य बढ्दा १६१ वटा कम्पनीको घटेको छ भने ६ वटाको स्थिर छ ।