काठमाडौं । पेसागत महासंघ नेपालको सातौं राष्ट्रिय महाधिवेशनले आगामी ४ वर्षको लागि नयाँ नेतृत्व निर्वाचित गरेको छ । नयाँ नेतृत्वको अध्यक्षमा प्रेमलकुमार खनाल निर्वाचित भएका छन् भने वरिष्ठ उपाध्यक्षमा कृष्णमान श्रेष्ठ, महासचिवमा राजन रेग्मी निर्वाचित भएका छन् ।
उसले विहीबार आफ्ना निर्णयहरु सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै यसबबारेमा जानकारी गराएको हो । महाधिवेशनले श्रम सम्बन्धलाई सुमधुर बनाई उत्पादन र उत्पादकत्व अभिवृद्धिमा सहयोग पु¥याउने विषय पारित गरेको छ । श्रम शक्तिको वास्तविक अवस्थाको अध्ययन अनुसन्धान गर्न, श्रमिकहरुको पञ्जीकरण गर्न, ज्ञान, सीप, क्षमता र सशक्तीकरण अभिवृद्धि गर्न, कल्याणकारी कामका लागि नीति कार्यक्रम तय र कार्यक्रम सञ्चालन गरी श्रम बजारलाई मर्यादित बनाउन आर्थिक वर्ष २०७८÷७९को सरकारको नीति तथा कार्यक्रममा समावेश भएर पनि हालसम्म गठन हुन नसकेको राष्ट्रिय श्रम आयोग गठन तत्काल गर्न महाधिवेशनले सरकारको ध्यानाकर्षण गराएको छ ।
त्यस्तै श्रम ऐनमा रहेको हायर एण्ड फायर र नो वर्क नो पे नीतिका कारण श्रमिकहरुको रोजगारी कटौती भएको तथा ट्रेड युनियन गठन सञ्चालन र दर्तामा समस्या उत्पन्न भई विकृति, विसंगति र भ्रष्टाचारजन्य गतिविधि बढेकाले श्रम ऐन, ट्रेड युनियन ऐन, सामाजिक सुरक्षा ऐन तथा नियमावलीहरुमा यथाशीघ्र संशोधन गर्न माग गरिएको छ ।


