काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षलाई अहिलेसम्मकै उदारता देखाएको दाबी गरेका छन् ।
उनले विहीबार रामेछापको सुनापति गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् ।
उनले भने, ‘हामीले सदन सञ्चालन, शान्ति प्रक्रियाको बाँकी कामलाई सहज रुपमा अगाडि बढाउन सत्तापक्ष र प्रतिपक्षबीच हुनसक्ने समझदारी होस् भन्ने कुरा सुरुदेखि नै चाहेका छौं । केही महिनाअघि संघीय संसदमा समिति गठन गर्दा प्रतिपक्षलाई अहिलेसम्म नभएको उदारता हामीले प्रदर्शन गरेकै हो । प्रतिपक्षमा भएको दललाई एउटा मात्रै समिति सभापति दिने परम्परा थियो । लेखा समिति । जो प्रतिपक्षमा हुन्छ त्यसले लेखा समिति सभापति हुन्छ ।’