काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
बैंकले आज एकसय भारतीय रुपैयाँको खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ। बुधबार एक अमेरिकी डलरको खरिदर १३० रुपैयाँ ७२ पैसा छ भने बिक्री दर १३१ रुपैयाँ ३२ पैसा निर्धारण भएको छ।
युरोपियन युरो १ को खरिद दर १४३ रुपैयाँ ४० पैसा छ भने बिक्री दर १४४ रुपैयाँ ०६ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६३ रुपैयाँ १५ पैसा छ भने बिक्री दर १६३ रुपैयाँ ९० पैसा छ।
अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ ४८ पैसा छ भने बिक्री दर ८७ रुपैयाँ ८८ पैसा छ। क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँ ३२ पैसा छ भने बिक्री दर ९६ रुपैयाँ ७६ पैसा छ।


