काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा नेकपा (माओवादी केन्द्र) बाट मेयर पदमा उम्मेदवार रहेकी रेनु दाहालले आफ्नो अग्रता बढाउँदै लगकी छिन् । एमालेका उम्मेदवार सुवेदीभन्दा १४५५ मत बढी प्राप्त गरेकी छिन् ।
अहिलेसम्म २६४२६ मतगणना गर्दा दाहालले ९५४२ मत ल्याएकी छिन् भने एमालेका उम्मेदवार विजय सुवेदीले८०८७ मत प्राप्त गरेका छन् ।
मेयरका अर्का उम्मेदवार जगन्नाथ पौडेलले ४३१५ मत ल्याएका छन् ।
उपमेयरका चित्रसेन अधिकारीले ११३८२ मत ल्याएर अग्रता कायम गर्दा एमालेकी हिमला गुरुङले ६५९३ मत पाएकी छन् ।