काठमाडौं । भारतीय सेनाका रथी जेएस सन्धु नेतृत्वको एक टोली आइतबार नेपाल आइपुगेको छ । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सहायक रथी विनोद खरेलले स्वागत गरेका थिए । ।
नेपाली सेनाका अनुसार रथी सन्धुले प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गर्ने छन् भने नेपाली सेनाको कमान्ड एन्ड स्टाफ कलेज, नेपाली सैनिक प्रतिष्ठान, नेपाली सैनिक वार कलेज, वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण लगायतको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
साथै, रथी सन्धुले नेपाल–भारत संयुक्त सैनिक अभ्यास भइरहेको स्थान नेपाली सैनिक व्याटल स्कुलसहित धार्मिक तथा पर्यटकीय स्थलहरुको भ्रमण पनि गर्ने छन् । रथी सन्धु नेपालमा पुस ९ सम्म रहने छन् ।


